सुदुरपश्चिम प्रदेश सभामा उम्मेदवार बनेका ४२ जनाले बुझाएनन् खर्च बिवरण

सुदुरपश्चिम प्रदेश सभामा उम्मेदवार बनेका ४२ जनाले बुझाएनन् खर्च बिवरण

काठमाडौं । निर्वाचन आयोगले २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यमा उम्मेदवारलाई निर्वाचन खर्च विवरण पेस नगर्ने उम्मेदवारलाई १५ हजार रुपियाँ जरिवाना तोक्ने निर्णय गरेको छ।

जस अनुसार सुदुरपश्चिममा प्रदेश सभामा उम्मेदवार बनेका ४२ जनाले खर्च विवरण पेस नगरेको निर्बाचन आयोगले जनाएको छ । सुदुरपश्चिम प्रदेशमा १४ जना स्वतन्त्र उम्मेदवारले बिबरण बुझाएका छैनन ।

यस्तै, नेपाली कांग्रेसबाट उम्मेदवार बनेका ३ जना, नेकपा एमालेबाट २ राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ जना ले पनि खर्च बिबरण बुझाएका छैनन । एकीकृत समाजबादी का ३ जना उम्मेदवार , नेपाली कांग्रेस बिपी का ३ जना रहेका छन् ।