माओवादी केन्द्रीय समिति बैठकको तयारीमा

माओवादी केन्द्रीय समिति बैठकको तयारीमा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) यही साउन तेस्रो साता बस्ने केन्द्रीय समिति बैठकका लागि तयारीमा जुटेको छ ।

कार्यवाहक पार्टी अध्यक्ष एवम् उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा आसन्न केन्द्रीय समिति बैठकको तयारीका सम्बन्धमा अनौपचारिक छलफल भएको बताइएको छ ।

बैठकमा केन्द्रीय समिति बैठकको व्यवस्थापन, दस्तावेज तथा कार्यक्रमिक विवरण पेसलगायत विषयमा छलफल भएको पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए।

“यही साउन १७ गते बस्ने केन्द्रीय समितिको बैठकको तयारीका सम्बन्धमा अनौपचारिक बैठक बसेको हो”, उनले भने ।