देशमा निःशुल्क अन्न पठाउने रुसी राष्ट्रपति पुटिनको घोषणा

देशमा निःशुल्क अन्न पठाउने रुसी राष्ट्रपति पुटिनको घोषणा

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले छ वटा अफ्रिकी देशमा निःशुल्क अन्न पठाउने घोषणा गर्नुभएको छ । राजधानी सेन्ट पिटर्सबर्गमा भएको रुस–अफ्रिका शिखर सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति पुटिनले छ वटा अफ्रिकी देशमा ५० हजार मेट्रिक टनसम्म अन्न सित्तैमा पठाउने घोषणा गर्नुभएको हो ।

छिटै नै बुर्किना फासो, जिम्बावे, माली, सोमालिया, मध्य अफ्रिकी गणतन्त्र र इरिट्रियामा दुई देखि ५० हजार टनसम्म निःशुल्क अन्न सहयोग गर्ने पुटिनले बताउनुभएको छ ।

रुसले युक्रेनको अन्नलाई ुब्ल्याक सीु अर्थात् काला सागरको बन्दरगाहबाट अफ्रिका, मध्य पूर्व र एसियाका देशहरूमा लैजान दिने सम्झौता नवीकरण नगरेपछि युक्रेनको खाद्यान्न निर्यात हुन पाएको छैन । गहुँ, जौ, मकै र सूर्यमुखीको तेलमा विश्वका धेरै देश रुस र युक्रेनको भर पर्दै आएका छन् । रुसले युक्रेनी खाद्यान्न निर्यातको सम्झौता नवीकरण नगरेपछि विश्वभर मूल्य बढ्ने र केही देशमा भोकमरीको डर सृजना भएको छ ।

सन् २०२२ को मध्यमा संयुक्त राष्ट्र सङ्घ र टर्कीले मध्यस्थता गरेको ुब्ल्याक सीु अन्न सम्झौताले युद्धको बाबजुद तीन करोड तीस लाख टन युक्रेनी अन्न निर्यात भएको थियो ।