सिङ्गापुरमा एक महिलालाई मृत्युदण्ड

सिङ्गापुरमा एक महिलालाई मृत्युदण्ड

सिङ्गापुरमा ३० ग्राम लागुपदार्थ हिरोइनको तस्करी गरेको अभियोगमा एक महिलालाई मृत्युदण्ड दिइएको छ ।

३० ग्राम हिरोइनसहित सन् २०१८ मा पक्राउ परेकी ४५ वर्षकी सारिदेबी जमानीलाई आज मृत्युदण्ड दिइएको बीबीसीले जनाएको छ । सिङ्गापुरमा बितेको २० वर्षपछि पहिलोपल्ट महिलालाई मृत्युदण्ड दिइएको हो ।

सिङ्गापुरमा बितेको तीन दिनमा दोस्रो व्यक्तिलाई मृत्युदण्डको सजाय दिइएको छ । ५० ग्राम हिरोइन तस्करी गरेको अभियोगमा यही हप्ता मोहम्मद अजिल बिललाई पनि मृत्युदण्ड दिएको थियो ।

सिङ्गापुरमा बितेको १५ महिनामा १५ जनाले मृत्युदण्डको सजाय पाएका बीबीसीले जनाएको छ । सिङ्गापुरमा पाँच सय ग्राम गाँजा वा १५ ग्राम हिरोइनसहित पक्राउ परेका व्यक्तिलाई मृत्युदण्डको सजाय दिन सक्ने कानुनी व्यवस्था रहेको छ ।