कपाललाई स्वस्थ राख्न घरमै गर्नुहोस् डिटक्स

कपाललाई स्वस्थ राख्न घरमै गर्नुहोस् डिटक्स

एजेन्सी । जसरी शरीरलाई डिटक्स गर्न अत्यावश्यक हुन्छ त्यसरी नै कपाललाई पनि डिटक्सिफिकेशनको आवश्यकता हुन्छ । जसले गर्दा स्काल्पमा जमेको टक्सिन र हानिकारक पदार्थहरूलाई सफा गर्न सहयोग प्राप्त हुन्छ । यस्ता छन् कपाल डिटक्स गर्ने घरेलु तरिकाहरू-

काँक्रा र कागतीको मिश्रण

एक मध्यम आकारको काँक्रालाई ग्राइन्ड गर्नुहोस् र यसमा दुई चम्चा कागतीको रस मिसाउनुहोस् । यस मिश्रणलाई स्याम्पु जसरी प्रयोग गरेर कपाललाई डिटक्स गर्न सकिन्छ । कागती र काँक्राको मिश्रणमा सिट्रिक एसिड भरपूर मात्रामा हुन्छ जसले कपाललाई राम्रोसँग सफा गर्न सहयोग गर्छ ।

नरिवलको दूध

चार चम्चा नरिवलको दूधमा थोरै मात्रामा एसेन्शियल आयल राख्नुहोस् र यसमा भिटामिन ई का दुईवटा क्याप्सुल पनि मिसाउनुहोस् । यस मिश्रणलाई स्काल्पमा लगाउनुहोस् र कपालको जरादेखि टुप्पोसम्म पनि लगाउनुहोस् । ५–६ मिनेटपछि कपाललाई धुनुहोस्, यसले कपाललाई राम्रोसँग डिटक्स गर्छ । स्काल्प इन्फेक्शनबाट बचाउनका लागि पनि यस मिश्रणको प्रयोग गर्न सकिन्छ ।

बेन्टोनाइट क्ले र एलोवेरा जेल

कपाललाई डिटक्स गर्नका लागि आधा कप बेन्टोनाइट क्ले पाउडर लिनुहोस् र यसमा चार चम्चा एलोवेरा जेल मिसाउनुहोस् । यी दुबैलाई राम्रोसँग मिक्स गरेर स्मूद पेस्ट बनाउनुहोस् र कपालमा ब्रसको सहयोगले लगाउनुहोस् । कम्तीमा आधा घण्टा राखेपछि एप्पल साइडर विनेगर मिसाएको पानीले कपाल धुनुहोस् र माइल्ड स्याम्पुले पनि यसलाई सफा गर्नुहोस् ।