भीरबाट लडेर पूर्व जनमुक्ति सेनाको मृत्यु

भीरबाट लडेर पूर्व जनमुक्ति सेनाको मृत्यु

जाजरकोट। जाजरकोटको नलगाड नगरपालिका–१ चीउरीमा भीरबाट लडेर एक जनाकोे मृत्यु भएको छ । घाँस काट्ने क्रममा स्थानीय कोदे भीरबाट लडेर पूर्व माओवादी जनमुक्ती सेना ३७ वर्षीय हरिश विकको मृत्यु भएको हो ।

वडाध्यक्ष धर्मेन्द्र महरले शुक्रबार बिहान नजिककैको भिरमा घाँस काट्ने क्रममा लडेर उहाँको घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।

जाजरकोटमा रुख र भीरबाट लडेर वर्षेनी ५० जना नागरिकले अकालमा ज्यान गुमाउनु परेको प्रहरीले जनाएको छ ।