पाकिस्तानको खार क्षेत्रमा विस्फोट हुँदा २० जनाको ज्यान गयो

पाकिस्तानको खार क्षेत्रमा विस्फोट हुँदा २० जनाको ज्यान गयो

पाकिस्तानको बाजौर जिल्लाको खार क्षेत्रमा भएको शक्तिशाली विस्फोटमा कम्तीमा २० जनाको ज्यान गएको छ । विस्फोटमा ४० जनाभन्दा धेरै घाइते भएका बीबीसी हिन्दीले जनाएको छ ।

खैबर पख्तुनख्वा प्रान्तमा जमियत उलेमा–ए–इस्लाम–फजलद्वारा आयोजित कार्यकर्ताको सम्मेलनमा विस्फोट भएको हो । घटनास्थलमा राहत र उद्धार कार्य जारी रहेको अधिकारीहरूले जनाएका छन् ।

उपचार गराइरहेका केहीको अवस्था गम्भीर रहेको छ । यो विष्फोटको कारण खुल्न सकेको छैन ।

सुरक्षा बलले विष्फोट भएको क्षेत्रलाई घेरेको छ । जमियत उलेमा–ए–इस्लाम–फजल महासचिव र सिनेटर मौलाना अब्दुल गफूर हैदरीले विस्फोटको कडा निन्दा गर्दै सुनियोजित षडयन्त्रमा देशको वातावरण बिगार्न खोजिएको बताए।