कपालमा चायाँ पर्‍यो ? छुट्कारा पाउन यस्तो पानीले धुनुहोस्

कपालमा चायाँ पर्‍यो ? छुट्कारा पाउन यस्तो पानीले धुनुहोस्

एजेन्सी। चायाँको समस्या भएको बेला सही तरिकाले कपालको स्याहार गरेमा यस्तो समस्याबाट छुट्कारा पाउन सकिन्छ । त्यसैले चायाँको समस्या कम गर्नका लागि तपाईं आफ्नो कपाल यस्तो पानीले धुन सक्नुहुन्छ ।

– नीमको पानीमा एन्टिब्याक्टेरियल र एन्टीफंगल गुण हुन्छन्, जुन स्काल्पमा हुने चायाँको सफाइ गर्न मद्दत गर्दछ । त्यसैले, स्याम्पु लगाएपछि कपाललाई नीमको पानीले धुनुहोस् ।

– चायाँको समस्या भएको बेला करी पातको पानीले धुनु पनि राम्रो हुन्छ । करीको पातमा एन्टिब्याक्टेरियल गुण पाइन्छ, जसले चायाँको समस्या कम गर्न सक्छ ।

– तुलसीमा त एकदमै धेरै औषधीय गुणहरू पाइन्छ । यसले कपालको चायाँ कम गर्न पनि सहयोग गर्छ । त्यसैले, स्याम्पु गरेपछि तुलसी पानीले कपाललाई धुनुहोस् । यसले चायाँ कम हुन्छ तथा स्काल्प स्वस्थ हुन्छ।

– कपालका लागि मेथी मात्र नभएर यसको पानी पनि एकदमै लाभदायक छ । त्यसैले, दुई गिलास पानीमा दुई चम्चा मेथी राखेर उमाली यो पानी र स्याम्पु लगाइसकेपछि कपाल पखाल्नुपर्छ ।

– अर्को हो नरिवलको पानी । यो जसरी पिउँदा धेरै फाइदा छ त्यति नै नरिवलको पानीले कपाल धुँदा कपालका धेरै समस्याहरू कम हुन्छन् । जसमा चायाँको समस्या पनि कम हुन्छ ।

– चायाँको समस्यामा स्काल्पमा एप्पल साइडर भेनेगर लगाउन पनि सकिन्छ । यसमा एन्टिब्याक्टेरियल गुण हुन्छ जसले कपालमा भएको फोहोर र चायाँलाई नष्ट गर्छ ।