धेरै पानी पिएपछि अस्पताल भर्ना भइन् यी युवती

धेरै पानी पिएपछि अस्पताल भर्ना भइन् यी युवती

एजेन्सी । स्वस्थ रहनको लागि पानी पिउनु धेरै महत्त्वपूर्ण छ, तर यदि तपाईले आवश्यकता भन्दा बढी पानी पिउन थाल्नुभयो भने के हुन्छ ? यस्तै एउटा खबर आएको छ जहाँ क्यानडाको टोरन्टोमा एक टिकटकर फिटनेस च्यालेन्जमा भाग लिएपछि अस्पताल भर्ना भएकी छन् ।

यस च्यालेन्जको नाम ‘७५ हार्ड’ फिटनेस च्यालेन्ज हो, जसमा ७५ दिनसम्म केही नियमहरू पालना गर्नुपर्ने हुन्छ। एक व्यक्तिले दिनमा दुई पटक कडा कसरत गर्नुपर्छ, स्वस्थ आहार पालना गर्नुपर्छ र दैनिक एक ग्यालन पानी पिउनुपर्छ। यो चुनौती पछ्याउने क्रममा एक टिकटकर मिशेल फेयरबर्नलाई पानीको नशा भयो र अस्पतालमा भर्ना हुनु पर्यो ।

टिकटकर मिशेल फेयरबर्न पानीको नशाको सिकार भइन् किनभने उनी केही घण्टामै ४ लिटरसम्म पानी पिउँथिन् । उनले लगातार १२ दिनसम्म यो गरिन् र उनको लक्ष्य ७५ दिनसम्म गर्ने थियो। केही घण्टामा चार लिटरसम्म पानी पिउँदा उनलाई हाइपोनेट्रेमिया भयो । यस्तो अवस्था जसमा शरीरले सोडियम गुमाउँछ र गम्भीर लक्षणहरूसहित बिरामी भइन्छ ।

जब तपाईं धेरै पानी पिउनुहुन्छ, विशेष गरी छोटो अवधिमा, यसले शरीरको मेटाबोलिजमलाई हानि पुर्‍याउँछ र धेरै खनिजहरू घटाउँछ। यसका कारण शरीरमा सोडियमको कमी हुन सक्छ र तपाईलाई पानीको नशा र हाइपोनेट्रेमिया जस्ता रोग लाग्न सक्छ।

हाइपोनाट्रेमिया भनेको रगतमा सोडियमको स्तर सामान्यभन्दा कम हुनु हो। शरीरलाई तरल पदार्थ सन्तुलन, रक्तचाप नियन्त्रण, साथै स्नायु र मांसपेशीहरूको लागि सोडियम चाहिन्छ ।