कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु

कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु

धनगढी । कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको जानकी गाउँपालिका–१ बिलासपुरकी ७७ वर्षीया दुखनी देवी थरुनीको करेन्ट लागेर मृत्यु भएको हो।

उनको आफ्नै घरमा करेन्ट लागि शुक्रवार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।

घट्नाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।