पूर्वप्रधानमन्त्री खानलाई ३ वर्ष कैद सजाय

पूर्वप्रधानमन्त्री खानलाई ३ वर्ष कैद सजाय

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको छ। इस्लामावादस्थित जिल्ला अस्पतालका अतिरिक्त न्यायाधीश हुमायुन दिलावारको इजलासले उनलाई तीन वर्ष कैद सजाय सुनाएको हो।

सरकारी उपहार बेचेर कमाएको पैसा घोषणा नगरेकोमा दोषी ठहर गरेको हो। उनलाई एक लाख रुपैयाँ जरिमाना गर्न पनि आदेश दिइएको छ। उक्त जरिमाना नतिरेमा थप ६ महिना सजाय गर्न आदेश दिइएको छ।

अदालतले तीन वर्षको कैद सजाय सुनाएपछि आफूले पुनरावेदन गर्ने खानले बताएका छन्।

प्रहरीले पूर्वप्रधानमन्त्री खानलाई लाहोरस्थित घरबाट हिरासतमा लिएको छ। खान २०१८ मा निर्वाचित भएका थिए, तर गत वर्ष उनले संसदमा विश्वासको मत जुटाउन सकेनन्।

निर्णय आउने बित्तिकै अदालतको भवन बाहिर इमरान खानविरुद्ध नारा लागेको थियो।