मूद्रा स्थिरताका लागि अफगानिस्तानले एक करोड ३० लाख अमेरिकी डलर विक्री गर्ने

मूद्रा स्थिरताका लागि अफगानिस्तानले एक करोड ३० लाख अमेरिकी डलर विक्री गर्ने

स्वदेशी मुद्राको स्थिरताका लागि अफगानिस्तानले एक करोड ३० लाख अमेरिकी डलर बोलपत्र आह्वान गरी बिक्री गर्ने भएको छ । अफगानिस्तानको केन्द्रीय बैंक ‘दा अफगानिस्तान बैंक ‘डीएबी’ले विदेशी मुद्राको तुलनामा देशको राष्ट्रिय मुद्रा अफगानीलाई स्थिर राख्न आइतबार एक करोड ३० लाख अमेरिकी डलर लिलामीमा राख्ने घोषणा गरेको हो ।

डीएबीले योग्य बैंक तथा मनी एक्सचेन्ज कम्पनीलाई बोलपत्रमा सहभागी भई विजेताले नगद भुक्तानी गर्न आह्वान गरेको छ ।

गत साता ८५.४ अफगानीको तुलनामा एक अमेरिकी डलरको विनिमय दर हाल ८५.५ अफगानी रहेको छ भने पछिल्लो केही हप्तादेखि अफगानी मुद्राको अवस्था अमेरिकी डलरसँग थप कमजोर बनेको छ ।

अफगानी मुद्रालाई बलियो बनाउन र अन्य मुद्राहरूको तुलनामा अवमूल्यन रोक्नका लागि, डीएबीले विगत केही महिनामा मुद्रा विनिमय बजारमा लाखौं अमेरिकी डलर पठाएकोे छ । डीएबीले यसअघि जुलाई १९ मा पनि अफगानी मुद्रालाई स्थिर बनाउन लिलामीमार्फत एक करोड ४० लाख अमेरिकी डलर बिक्री गरेको थियो ।