महिनावारी हुँदा गोठमै सुतेकी किशोरीको सर्पको टोकाइबाट मृत्यु

महिनावारी  हुँदा  गोठमै सुतेकी किशोरीको सर्पको टोकाइबाट मृत्यु

धनगढी । बैतडीमा सर्पको टोकाइबाट १६ वर्षीया किशोरीको मृत्यु भएको छ । जिल्लाको तल्लोस्वराडमा पर्ने पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको वडा नम्बर ४ का अध्यक्ष जनक बहादुर चन्दले बताए ।

उनले भने, सर्पको टोकाईबाट बहिनीको मृत्यु भएको छ त्यो फ्याउली गाउँपालिकाबाट २ सय मिटर टाढा उनको घर पर्छ राती टोकेको रहेछ बैद्यलाई बोलउन लागेछन् । महिनावारी भएको समयमा गोठमै सुतिरहेको अवस्थामा अनितालाई मंगलबार राती सर्पले टोकेको र बुधबार बिहान उनको मृत्यु भएको वडा नम्बर ४ का कर्मचारी तथा स्थानीय प्रेम बहादुर चन्दले जानकारी दिए ।

महिनावारी भएको चार दिन भएको रहेछ, गाईर्भैँसिकै गोठमा सुतेकी रहिछन्, आफन्त चन्दले भने, मध्यराती सर्पले टोकेर घाइते बनाएको हो, आफन्तले बैद्यलाई बोलउन गएको समयमा उनको घरमै मृत्यु भयो’ । किशोरी अनिता नजिकैको जवलपुर मावि सैलोडामा कक्षा ९ मा अध्यानरत थिइन् ।

महिनावारी भएको बेला अधिकांस जसो महिला तथा किशोरीहरु गोठमै सुत्ने गरेको स्थानीय चन्दले बताएका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रेम शाहीले यसबारे प्रहरीलाई केही जानकारी नभएको बताए ।