विद्यालयकाको छानो मर्मत नहुँदा बिद्यार्थीहरुलाई समस्या

विद्यालयकाको छानो मर्मत नहुँदा बिद्यार्थीहरुलाई समस्या

बैतडी । हावाहुरीले उडाएको छानो मर्मत नहुँदा बैतडीको एक विद्यालयका बालबालिकाहरुलाई पठनपाठनमा निकै समस्या भएको छ । जिल्लाको सिगास गाउँपालिका ७ स्थित शिवलिंग आधारभूत विद्यालय भवनको छानो मर्मत नहुँदा समस्या भएको बताइएको छ । 

विद्यालय भवनको छानो उडाएको ३ बर्ष भइसक्दा समेत मर्मत हुन सकेको छैन् । कक्षा ८ सम्मको पढाई हुने विद्यालयमा अहिले ४ कोठाको एकमात्रै भवन रहेको स्थानीय सूर्यबहादुर बोहराले बताए । 

४ कोठाको भवनमा एक विद्यालयको कार्यालय, एक कोठामा स्टोर र दुईकोठामा मात्रै विद्यार्थीहरुले बस्न पाएका छन् ।विद्यालय भवन मर्मत नहुँदा बालबालिकाहरुलाई पठनपाठनका लागि निकै समस्या भएको छ । यो बिषयमा गाउँपालिकाको समेत ध्यानाकर्षण गराएको भएपनि भवन मर्मत हुन नसकेको बोहराले बताए ।