डोटीमा कोदो खेती तर्फ आकर्ष घट्दै

डोटीमा कोदो खेती तर्फ आकर्ष घट्दै

एकेन्द्र चन्द/डोटी । डोटीमा परम्परागत रुपमा खेती गर्दै आएको कोदो   लोप हुँदै गएको छ।

डोटीको बडीकेदार गाउँपालिका, बोगटान फुडसिल गाउँपालिका, जोरायल गाउँपालिका लगायत डोटीका अन्य पालिकाका विभिन्न क्षेत्रमा कोदो खेती लोप हुँदै गएको हो केहि वर्षअघिसम्म डाँडा पाखाहरूमा कोदो रोपेर सेताम्मे हुने गरेकोमा अहिले उक्त डाडा पाखाहरु बाझै रहेका छ्न। 

विगतको तुलनामा स्थानीयहरु बसाई सराई   जानेक्रम बढेको र  पुरुषहरु  भारतमा काम गर्न जाने भएकाले कोदो खेती गर्न गाह्रो भएको स्थानीयले बताएका छन्। 

अहिले गाउँघरमा सडक सञ्जाल विस्तार भएसँगै बजारबाट चामल किनेर  खानेको संख्या वृद्धि भएसँगै कोदो खेती तर्फ स्थानीयको आकर्ष घट्दै  । गएको स्थानीय करन नेपालीले बताए