घोडाघोडी बहुमुखी क्याम्पसका विद्यार्थीको आन्दोलन स्थगित

घोडाघोडी बहुमुखी क्याम्पसका विद्यार्थीको आन्दोलन स्थगित

धनगढी । कैलालीको घोडाघोडी नगरपालिका सुख्खडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसका विद्यार्थीको आन्दोलन स्थगित भएको छ । स्नातक दोस्रो वर्षको परीक्षाकेन्द्र लम्की बहुमुखी क्याम्पस र खप्तड बहुमुखी क्यामपसमा तोकिएपछि विद्यार्थीहरुलेसुरु गरेको आन्दोलन स्थगित भएको हो ।

घोडाघोडी बहुमुखी क्याम्पसका स्ववियू सचिव हुकुम आचार्यले तत्काल केन्द्र सार्ने सम्भावना नदेखिएकाले आफूहरुले आन्दोलन फिर्ता लिएको बताए । त्रिभूवन विश्वविद्यालय अन्तरगतको स्नातक दोस्रो वर्षको परीक्षा साउन २८ गतेदेखि सुरु हुँदैछ । यसअघिका बर्षहरुमा घोडाघोडी बहुमुखी क्याम्पसमै परीक्षा संचालन हुँदै आएकोमा यस बर्ष लम्की बहुमुखी क्याम्पस र खप्तड बहुमुखी क्यामपसमा परीक्षा केन्द्र तोकिएपछि विद्यार्थी आन्दोलित भएका थिए ।

आन्दोलित विद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्नुका साथै अत्तरियामा रहेको परीक्षा नियन्त्रणको कार्यालयमा पनि विरोध प्रदर्शन गरेका थिए । शुक्रबार परीक्षा नियन्त्रणको कार्यालयमा भएको छलफलमा विद्यार्थीहरु आन्दोलन फिर्ता लिन सहमत भएका हुन ।

सचिव आचार्यलय एकातिर मात्रै केन्द्र तोकेको भए सहज हुने भएपनि दुइतिर परीक्षा केन्द्र तोकिदा आवतजावतमा समस्या हुने भएकाले आफूहरु आन्दोलित भएको बताए । उनले आगामी दिनमा परीक्षा केन्द्र दोक्दा पुनविचार गर्ने सहमती पछि हाललाई आन्दोलन स्थगित गरिएको बताए ।

हाल घोडाघोडी बहुमुखी क्याम्पसको परीक्षाकेन्द्र कटौती गरि मानविकी संकायको परीक्षा लम्की बहुमुखी क्याम्पस र व्यवस्थापन र शिक्षाशास्त्र संकायको परीक्षाकेन्द्र खप्तड बहुमुखी क्याम्पसमा कायम गरिएको छ ।