सुत्ने कोठाका लागि सुन्दर देखिन्छन् यी विरुवा

सुत्ने कोठाका लागि सुन्दर देखिन्छन् यी विरुवा

एजेन्सी । त्यसो त वास्तुमा रुखविरुवाहरूको महत्त्व हुन्छ नै । तर केही यस्ता विरुवाहरू घरका वातावरणका लागि पनि राम्रो मानिन्छन् । आज यहाँ त्यस्तै केही विरुवाका बारेमा बताउनेछौं, जो तपाईंको तपाईंको सुत्ने कोठाका लागि राम्रो सावित हुनेछन् ।

– मनी प्लान्टले घरलाई सुन्दर बनाउनुका साथै बेडरुमलाई सफा राख्ने काम पनि गर्छ ।
– त्यस्तै अर्को विरुवा लक्की बेम्बु हुन्छ । जसलाई कोठामा राख्नाले वातावरण राम्रो हुन्छ । यो विरुवालाई धेरै सूर्यको किरणको आवश्यकता पनि हुँदैन ।
– एलोवेराको विरुवा पनि सुत्ने कोठामा राख्न एकदमै राम्रो मानिन्छ । यसले कोठाको हावालाई शुद्ध बनाउनका साथै छाला तथा शरीरका लागि पनि यो विरुवा राम्रो मानिन्छ ।
– स्नेक प्लान्टले खराब हावालाई आफूतिर खिच्ने काम गर्छ । त्यसैले सुत्ने कोठाका लागि यो सबैभन्दा राम्रो मानिन्छ ।
– तपाईं आफ्नो घरको सुत्ने कोठामा ल्यावेन्डरको विरुवा लगाउन सक्नुहुन्छ । यसले दिमागलाई आराम दिनुका साथै थकान तथा छटपटी पनि टाढा भगाउँछ ।
– त्यस्तै पीस लिलीको विरुवा पनि सुत्ने कोठाका लागि एकदमै राम्रो मानिन्छ । यसले मन शान्त राख्ने काम गर्छ ।
– चमेलीको विरुवाबाट आउने सुगन्धले राम्रो निद्रा लाग्ने गर्छ । यसको वासनाले मानिस सुत्न सक्छ । यसका साथै यसले मुड स्वींग पनि ठिक गर्छ ।