डोटीमा भिरबाट लडेर एक बालिकाको मृत्यु

डोटीमा भिरबाट लडेर एक बालिकाको मृत्यु

डोटी । डोटीमा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ। जिल्लाको बडीकेदार गाउँपालिका वडा नम्बर -५ लानाकी १३ वर्षीया बालिका समिक्षा मल्लको  मृत्यु भएको प्रहरीले जनाएको छ ।

केदारेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत उनी शनिवार बाख्रा चराउन गएका बेला खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।