अछामका एक पुरुष भारतमा मृत फेला

अछामका एक पुरुष भारतमा मृत फेला

अछाम । अछामका एक पुरुष भारतमा मृत फेला परेका छन्। जिल्लाको बिनायक नगरपालिका-४ लयटीका नकिन्द्र कडायत भारतको महाराष्ट्र भिवन्डीमा मृत फेला परेका हुन्।

उनको मृत्युको कारण खुलेको छैन। यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ।