रुसी ग्यास स्टेशनमा आगलागी, २५ जनाको मृत्यु

रुसी ग्यास स्टेशनमा आगलागी, २५ जनाको मृत्यु

काठमाडौं । रुसको दक्षिणी क्षेत्र दागेस्तानमा रहेको एउटा ग्यास स्टेशनमा भएको आगलागीमा परी तीन बालबालिकासहित २५ जनाको मृत्यु छ भने ६६ जना घाइते भएका छन्। 

सोमबार राति दागेस्तानी राजधानी मखाचकलामा राजमार्गको छेउमा रहेको अटो मर्मत पसलमा सुरु भएको आगलागीले नजिकैको ग्यास स्टेशनमा सल्किएर विष्फोट भएको अधिरकाहिरले जनाएका छन्।  

रुसका उपस्वास्थ्य मन्त्री भ्लादिमिर फिसेन्कोका अनुसार ६६ जना घाइते भएका छन्। जसमध्ये १० जनाको अवस्था गम्भीर छ। घाइते मध्ये १३ जना बालबालिका रहेका छन्। 

आगो नियन्त्रणका लागि अग्नि नियन्त्रकहरूलाई साढे तीन घण्टाभन्दा बढी समय लागेको थियो।