कञ्चनपुरमा एक महिला मृत फेला

कञ्चनपुरमा एक महिला मृत फेला

कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

मंगलबार बिहान पुनर्वास नगरपालिका- ३ आइविआरडीमा सोही ठाउँ बस्ने अन्दाजी वर्ष २६ की लक्ष्मी घर्तीमगर सडकमा मृत फेला परेको प्रहरीले जनाएको छ।

बिहानै स्थानीयले महिलाको शव सडकमा देखेपछि नजिकै रहेको अस्थायी प्रहरी पोस्टमा खबर गरेका थिए ।

प्रहरीका अनुसार मृत फेला परेकी घर्तीमगर ‘ग’ गाउँ मावली घरमा जान्छु भनी हिजो साझ घरबाट निस्केकी जनाईएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवन वस्तीले यस समबन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।