सिरियामा कर्मचारीको तलब शतप्रतिशत बढाउन राष्ट्रपतिको निर्देशन

सिरियामा कर्मचारीको तलब शतप्रतिशत बढाउन राष्ट्रपतिको निर्देशन

काठमाडौँ । सिरियाका राष्ट्रपति बसर अल असदले कर्मचारीको तलब शतप्रतिशत बढाउन निर्देशन दिनुभएको छ । सरकारले इन्धनको मूल्य उच्च अङ्कले बढाएपछि मासिक तलब पनि बढाउन राष्ट्रपतिले आदेश दिनुभएको हो ।

सन् २०११ मा युद्ध सुरु भएयता सिरियाको अर्थतन्त्र गम्भीर सङ्कटमा छ । त्यहाँ अहिले सरकारी कर्मचारीको मासिक तलब १० देखि २५ अमेरिकी डलरको बीचमा छ ।

मङ्गलवार मध्यरात सिरियाली आन्तरिक व्यापार तथा उपभोक्ता संरक्षण मन्त्रालयले ढुवानी र बेकरीका लागि डिजेल इन्धनको मूल्यमा एक सय ८० प्रतिशत र पेट्रोलमा झण्डै एक सय ६५ प्रतिशतले वृद्धि गरेको थियो । इन्धनको मूल्यवृद्धिपछि खाद्यान्नको भाउ बढेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।