स्पेनको टेनेरिफ टापुमा भीषण डढेलो, १३ हेलिकप्टर र १५० दमकलले निभाइँदै

स्पेनको टेनेरिफ टापुमा भीषण डढेलो, १३ हेलिकप्टर र १५० दमकलले निभाइँदै

एजेन्सी । स्पेनको टेनेरिफ टापुमा करिब ८ सय हेक्टर क्षेत्रफल जमिनमा भीषण डढेलो लागेको छ ।

बुधवार आगोका कारण सडक सञ्जालसमेत बन्द भएको थियो । बिबिसिका अनुसार बुधवार बिहान आगोका कारण खालि गरिएका क्षेत्रहरुमा एरेट, चिविसिया, मिडिया मोन्टाना, अजाफोना र लस लागुनेटास लगायतका स्थान छन् ।

क्यानरी टापुका अध्यक्ष फर्नान्डो क्लाभिजोले मंगलवारदेखि लागेको आगो अहिलेसम्म पनि नियन्त्रणमा नआएको बताए । टापुको उत्तरपूर्वमा अराफो र क्यान्डेलेरियाका साना शहरहरु बीचको असहज भूभागका कारण आगो निभाउन जटिल भएको हो ।

क्यान्डेलेरियाका मेयर मारिया कन्सेपसियन ब्रिटोले आगो अन्य नगरपालिकाहरुमा फैलिनसक्ने भन्दै सतर्क रहन चेतावनी दिएका छन् ।

अहिले करिव १५० दमकल, १३ विमान र हेलिकप्टरको सहयोगमा आगो निभाउने काम भइरहेको छ । आगो निभाउन स्पेनिस मिलिटरी इमर्जेन्सी युनिट परिचालन गरिएको छ । ५० सेना पहिला नै सो क्षेत्रमा तैनाथ गरिएको छ ।