गोकुलेश्वर बहुमुखी क्याम्पसमा तालाबन्दी : परिक्षा प्रभावित हुन सक्ने

गोकुलेश्वर बहुमुखी क्याम्पसमा तालाबन्दी : परिक्षा प्रभावित हुन सक्ने

दार्चुला : दार्चुलाको गोकुलेश्वर बहुमुखी क्याम्पसमा सोमबारदेखि अनिश्चितकालिन रुपमा तालाबन्दी गरिएको छ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा समायोजन भएपछी तलब भत्ता नियमानुसार नपाएको भन्दै क्याम्पसमा तालाबन्दी गरिएको हो ।

सुप विश्वविद्यालय अन्तर्गतका १४ ओटा आङ्गीक क्याम्पसमा कार्यरत प्राध्यापक तथा कर्मचारीले तलब पाएका छैनन । २०७४ असोज २ गते नेपाल सरकारले सुदुरपश्चिमान्चल विश्वविद्यालय अन्तर्गतका आङ्गिक दरबन्दी स्वीकृत गरेको थियो ।

स्वीकृत दरबन्दी अनुसार १४ वटै क्यामपसमा कार्यरत ३ सय ३४ प्राध्यापक तथा कर्मचारीले गत साउन महिना देखि नियुक्ति पाए पनि तलब नपाएका हुन । गत साउनमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा समायोजन भएको उक्त क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीले हालसम्म पनि तलबभत्ता नपाएको गुनासो गरेका छन् ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र क्याम्पसबिच भएको समायोजन सम्झौताअनुसार तलबभत्ता तथा सेवासुविधा दिनुपर्ने उनीहरुको माग रहेको छ । क्याम्पसका शिक्षक कर्मचारीहरुले बिगत ११ महिनादेखि तलबभत्ता नपाएको भन्दै तालाबन्दी गरिएको उप प्राध्यापक कबिराज जोशिले बताए ।

यसअघि पनि पटक पटक विश्वविद्यालय प्रसाशनमा तलबभत्ताको माग गर्दा समेत कुनै सुनुवाई नभएपछी तालाबन्दी गर्न बाध्य भएको गोकुलेश्वर बहुमुखी क्याम्पसका उपप्राध्यापक जोशिले बताए । समायोजन सम्झौताअनुसार स्थाई नियुक्ती भएअुनसार नै तलबभत्ता तथा सेवासुविधा पाउनुपर्ने माग रहेको उहाँले बताउनुभयो ।

क्याम्पसमा कार्यरत शिक्षक कर्मचारीको नियुक्ती अनुसारको तलबभत्ताको सुनिश्चितता ,समायोजनमा प्रभावित र समायोजन हुन नसकेका शिक्षकहरुको माग सम्बोधन नहुँदा सम्म तालाबन्दी नखुल्ने समेत उनीहरुले बताएका छन् ।

क्याम्पसमा तालाबन्दी गरी प्राध्यापक तथा कर्मचारीहरु आन्दोलित भएपछी पठनपाठन कार्य समेत ठप्प भएको छ । क्याम्पसमा तालाबन्दी हुदा यही जेठ ९ गतेदेखि सञ्चालन हुने स्तातक तह तेस्रो वर्षको परिक्षा समेत प्रभावित हुने देखिएको छ ।