लघुवित्त कर्मचारी मञ्च कञ्चनपुरको अध्यक्षमा देवकोटा

लघुवित्त कर्मचारी मञ्च कञ्चनपुरको अध्यक्षमा देवकोटा

कञ्चनपुर । लघुवित्त कर्मचारी मञ्च कञ्चनपुरको नयाँ कार्यसमिति गठन गरिएको छ । कर्मचारी मञ्चका अध्यक्ष दीर्घराज खनालको बेलौरी शाखाबाट नुवाकोट बटारमा सरुवा भएपछि नयाँ कार्यसमिति गठन गरिएको हो ।

लघुवित्त कर्मचारी मञ्चको शुक्रवार बसेको नियमित पाँचौँ बैठकले ध्रुवराज देवकोटाको अध्यक्षतामा एघार सदस्सीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । लघुवित्त कर्मचारी मञ्चको उपाध्यक्षमा दिपेन्द्र प्रसाद सिग्देल र रेखा चौधरी चयन भएका छन् ।
 
नयाँ कार्यसमितिको सचिवमा राम प्रसाद भुषाल, सहसचिवमा सुमन राना र कोषाध्यक्षमा माया विष्ट चयन भएका छन् । कार्यसमितिको सदस्यहरुमा पुष्पराज जोशी,हिरालाल थारु,निर्मला पाण्डेय,विनोद सिंह भाँट र सुरेन्द्र बहादुर चन्द चयन भएका छन् ।

कर्मचारीहरूको हकहितको सुरक्षा तथा सदस्यहरूमा जनचेतना फैलाउने उद्देश्यले समिति गठन गरिएको अध्यक्ष देवकोटाले बताए ।

कञ्चनपुर भित्रका सम्पूर्ण लघुवित्त संस्थाहरूमा आबद्ध कर्मचारीहरूको भेलाबाट नयाँ कार्यसमिति गठन गरिएको उनले बताए ।

लघुवित्त संस्थाहरूले जनतालाई बैंकिङ्ग सुविधा  तथा सीपमूलक तालिम प्रदान गर्दै आएका छन् । बैंकिङ्ग सुविधाबाट बञ्चित भएका जनतालाई समेत घरदैलोमै सुविधा दिँदै आएका छन् ।

लघुवित्त संस्थाहरूले गाउँ घरमा छरिएर रहेको स(सानो रकमलाई सङ्कलन गरी बचत गर्ने बानीको विकास गराउनुका साथै ग्रामीण क्षेत्रका महिलाहरूलाई व्यवसायीक बनाउन भूमिका खेल्दै आइरहेका छन् ।