भीमदत्त राजमार्ग आज ६ घण्टा बन्द हुने

भीमदत्त राजमार्ग आज ६ घण्टा बन्द हुने

धनगढी। भीमदत्त राजमार्ग आइतबार ६ घण्टाका लागि बन्द गरिने भएको छ ।

गत २२ साउनमा आएको  पहिरोका सडक भाँसिएको गोदावरी नगरपालिका४ को बुढितोलामा मर्मतका लागि  बिहान १० देखि दिउँसो ४ बजेसम्म सडक बन्द गरिने सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ ।

सडक डिभिजन कार्यालयका प्रमुख हरी सुवेदीले सडकको पहिरो हटाएर सवारीसाधन सञ्चालन गरिएपनि हिलो र पानी बग्ने क्रम नरोकिएकाले मर्मत गर्न केही घण्टा सडक बन्द गरिन लागेको जानकारी दिए ।

पाँच सय मिटर सडक भासिएकाले मर्मतमा समस्या हुने गरेको छ।लगातारको वर्षापछि गत सोमबार आएको पहिरोले अवरुद्ध भीमदत्त राजमार्ग एक हप्तापछि सञ्चालनमा आएको थियो ।