दार्चुला र बैतडीमा हावाहुरीले मकैबालीमा क्षति

दार्चुला र बैतडीमा हावाहुरीले मकैबालीमा क्षति

बैतडी । दार्चुला बैकिसानले लगाएको मकैबालीमा  हावाहुरीले क्षति पुर्याएको  छ । खासगरी बैतडी जिल्लाको सिगास गाउँपालिका वडा नम्बर ३ मा हावाहुरीले मकैबालीमा क्षति पुर्याएको हो ।

शुक्रबार र शनिवारको हावाहुरीले वडा नम्बर ३ का मल्लागाउँ, ताकणी, बल्लेकान, हिउनाय र लोखडा लगायका टोलका करिब  ३० परिवारको   लगाएको मकैबालीमा  क्षति पुगेको स्थानीय पदम अवस्थीले  जानकारी दिए ।

हावाहुरीले  ७० रोपनिमा लगाएको  मकैबालीमा क्षति पुगेको उनले  बताए । मकैबालीमा क्षति पुगेपछि किसान  चिन्तीत बनेका छन्। 

यस्तै, दार्चुलाको महाकाली नगरपालिकाका बिभिन्न स्थानहरुमा पनि हावाहुरीले मक्ैबालीमा क्षति पुर्याएको किसान नरेशसिंह कुँवरले जानकारी दिए । 

मकैमा घोगा लाग्ने बेला हावाहुरी, बाँदर, बदेल, दुम्सी लगायतका जनावरले  क्षति पु¥याउने थालेपछि किसान भोकमरि हुने  भन्दै चिन्तीत छन् ।