संसदीय समिति थप गर्न दोस्रो पटक संशोधन गरिदै प्रदेश सभा नियमावली

संसदीय समिति थप गर्न दोस्रो पटक संशोधन गरिदै प्रदेश सभा नियमावली

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको संसदीय समिति थप गर्न दोस्रो पटक प्रदेश सभा नियमावली संशोधन गरिन लागिएको छ । 

सोमबार दिउसो २ बजे बस्ने प्रदेश सभा बैठकमा सो नियमावली दोस्रो पटक संशोधन गर्दै संसदीय समिति थप गर्न प्रस्ताव पेश हुने भएको हो ।

नेकपा माओवादी केन्द्रका मानबहादुर धामीले मान बहादुर धामी प्रस्तावक र गिता चौधरि समर्थकमा सो ऐन संशोधनका लागि सभामा दर्ता भएको जनाइएको छ । 

‘सात सदस्यिय नियमावली संशोधन समिति गठन गर्ने प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता भएको छ’ प्रदेश सभाका सूचना अधिकारी युवराज जोशीले भने –‘यसबाहेक अन्य कुनै ऐन सभामा दर्ता भएको छैन् । आज आह्वान गरिएको बैठकको एजेण्डा यहि हुने छ ।’

यसअघि २०७६ साल बैशाख ११ गते सो नियमावली संशोधन गरिएको थियो । झण्डै चार महिनापछि बस्न लागेको प्रदेश सभा बैठकमा सो नियमावली संशोधनबाहेक अन्य ‘विजनेस’ नरहेको जनाइएको छ ।

सरकारले प्रदेश सभा बैठक बसाउन नसक्दा प्रदेश सभा सदस्यहरु सार्वजनिक कार्यक्रम, भेटघाट लगायतमा बैठक बोलाउनुपर्ने माग गरिरहेका थिए । प्रदेश सभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन आर्थिक वर्ष २०८०/८१ को बजेट पारित भएपछि बस्न सकेको थिएन ।

सरकारले विजनेस नदिँदा सभामुख भीमबहादुर भण्डारीले असार ३० गते बसेको २१ औं बैठकमा अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका थिए ।