रुसमा निजी विमान दुर्घटना, वाग्नर प्रमुखसहित १० जना मारिएको पुष्टि

रुसमा निजी विमान दुर्घटना, वाग्नर प्रमुखसहित १० जना मारिएको पुष्टि

एजेन्सी । रुसको राजधानी मस्कोको उत्तरमा एउटा निजी विमान दुर्घटना हुँदा वाग्नर प्रमुख येवगेनी प्रिगोजिन सहित १० जनाको मृत्यु भएको छ । रुसी उड्डयन एजेन्सीले दुर्घटनाग्रस्त विमानमा वाग्नर प्रमुख सवार रहेको पुष्टि गरेको छ ।

एजेन्सीले भनेको छ,‘वाग्नर–चीफ प्रिगोजिन दुर्घटनाग्रस्त विमानमा सवार थिए र दुर्घटनामा कुनै यात्रु बाँचेनन्। अर्थात् यस दुर्घटनामा वाग्नर प्रमुखको मृत्यु भएको छ ।’ यसअघि सञ्चारमाध्यमहरूले दुर्घटनाग्रस्त विमानमा सवार यात्रुहरूको सूचीमा वाग्नरका प्रमुख येभगेनी प्रिगोजिनको नाम पनि समावेश भएको दाबी गरेका थिए। मस्कोबाट सेन्ट पिटर्सबर्ग जाँदै गरेको विमानमा सात जना यात्रु र तीन जना चालक दलका सदस्य रहेको मिडिया रिपोर्टले जनाएको छ ।

मस्कोको उत्तरमा रहेको टभर क्षेत्रमा विमान दुर्घटना भएको हो । सामाजिक सञ्जालमा पोष्ट गरिएका धेरै भिडियोहरूले विमान दुर्घटना भएको देखाइए पनि यसमा कति सत्यता छ भन्न गाह्रो छ।
रुसको सरकारी समाचार एजेन्सी टासले अधिकारीहरूलाई उद्धृत गर्दै विमानमा तीन पाइलट र सात यात्रु रहेको बताएको छ। दुर्घटनाको अनुसन्धान भइरहेको छ । सोशल मिडिया टेलिग्राममा अपुष्ट रिपोर्टहरूले विमानलाई रूसी वायु रक्षा बलले खसालेको दाबी गरिरहेको छ।

वाग्नर समूह क्रेमलिन–सम्बन्धित भाडा सेना हो र यसको नेतृत्व येभगेनी प्रिगोजिनले गर्दै आएका थिए । येभगेनी प्रिगोजिनले जुनमा राष्ट्रपति भ्लादिमिर पुटिनको विरुद्धमा विद्रोह गरे र आफ्ना सेनाहरूसँग मस्कोमा मार्च गरे, तर बेलारुसले हस्तक्षेप गरेपछि पछि हट्यो । यस अघि, येभगेनी प्रिगोजिनको निजी सैन्य बल वाग्नरले युक्रेन विरुद्ध रूसी नियमित सेनासँग मिलेर लडेको छ।

एचष्नयशजष्ल लेनिनग्राद मा १ जून १९६१ मा जन्म भएको थियो। यो शहर अहिले सेन्ट पिटर्सबर्ग भनेर चिनिन्छ। प्रिगोजिनको बाल्यकालमा उनको बुबाको मृत्यु भयो र उहाँलाई उनकी आमाले हुर्काउनुभयो। आफ्नी आमाको बारेमा बताउँदै प्रिगोजिनले आमा अस्पतालमा काम गर्ने बताएका थिए । प्रिगोजिन प्राथमिक शिक्षा पछि खेलकुद एकेडेमीमा सामेल भए, उनी खेलकुदमा धेरै राम्रो थिए तर स्कूलको अन्त्य पछि, येभगेनी प्रिगोजिन साना अपराधीहरूको भीडमा सामेल भए।