एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज पनि जारी छ । बैठक आज बिहान ८ बजेबाट ललितपुरको बालकुमारीमा चलिरहेको छ ।

मंगलवारबाट शुरु भएको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपाल र पार्टी महासचिव घनश्याम भुसालले प्रस्तुत गरेका विभिन्न प्रतिवेदनमाथि छलफल जारी छ । 

मंगलवारको बैठकमा राजनीतिक प्रतिवेदन, लेखा आयोग र निर्वाचन आयोगको प्रतिवेदन पेस गरिएको थियो । सोही प्रतिवेदनमा छलफल चलिरहेको नेताहरु जनाएका छन् । मंगलबारको बैठकमा ८१ जनाले आ(आफ्नो धारणा राखेको थिए ।