भिम रावल विरुद्ध महेन्द्रनगरमा प्रदर्शन, हवाई फायर र अश्रुग्याँस प्रहार

भिम रावल विरुद्ध महेन्द्रनगरमा प्रदर्शन, हवाई फायर र अश्रुग्याँस प्रहार

धनगढी : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलको अभिव्यक्ति विरुद्ध पुनः कञ्चनपुरमा प्रदर्शन भएको छ ।

शुक्रवार विहान एक अन्तर्वार्तामा रावलले निर्मला पन्तको हत्या प्रकरणमा कञ्चनपुर घटनालाई काग्रेसले उग्र बनाईरहेको विवादित अभिव्यक्ति दिएका थिए । 

उक्त अभिव्यक्तिको विरोधमा नेपाल विद्यार्थी संघले शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि प्रदर्शन गरिरहेका बेला प्रहरीले एक राउण्ड हवाई फायर र अश्रुग्याँस प्रहार गरेको जनाएको छ । 

निर्मला पन्त प्रकरणमा तिन दिनदेखि अशान्त बनेको महेन्द्रनगर सरकारले उच्च स्तरिय छानविन समिति गठन, सिडिओ, एसपी र डिएसपी परिवर्तन गरेसगै शान्त बनेको थियो । 

रावलको अभिव्यक्तिको सामाजिक सञ्जालमा चर्को विरोध भईरहेको छ भने काँग्रेसको भातृ सगठन नेविसघले आन्दोलन सुरु गरेको हो । 

आन्दोलनलाई उग्र हुन नदिन सुरक्ष व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुँबेरबहादुर कडायतले जानकारी दिएका छन ।