कञ्चनपुरमा फेरी चर्कियाे अान्दाेलनः प्रहरीको गोली लागेर एकको मृत्यु

कञ्चनपुरमा फेरी चर्कियाे अान्दाेलनः प्रहरीको गोली लागेर एकको मृत्यु

धनगढीः निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा कञ्चनपुरमा चलिरहेको आन्दोलनका क्रममा शुक्रबार प्रहरीको गोली लागेर एक जनाकाे मृत्यु भएको छ।

बिहीबारमात्र आन्दोलन चर्किएपछि स्थानीय प्रशासनले महेन्द्रनगर क्षेत्रमा कर्फ्यू लगाएको थियो। घटनापछि कञ्चनपुरको अवस्था तनावग्रस्त बनेको छ। प्रदर्शनकारीले प्रशासन कार्यालयमाथि तोडफोड गर्न खोज्दा गोली चलाएको दाबी प्रहरीले गरेको छ।

प्रहरीको गोली लागेर शुक्रबार निधन हुने १७ वर्षीय सन्नी खुना रहेको सुरक्षा स्रोतले जानकारी दिएको छ। प्रंहरीको गोली लागेर कविन्द्रबहादुर सिंह, सगुन सुवेदी, दामोदर खत्री र उमेश देउवा घाइते भएका छन्।

दिउँसो ३ बजेतिरबाट प्रदर्शनकारीले आन्दोलन सुरु गरेका र अहिले भिड बढ्दै गइरहेको छ। सरकारले उच्च स्तरीय छानबिन टोली गठन गर्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख परिवर्तन गरेपछि शुक्रवार बिहान साम्य भएको आन्दोलन दिउँसोबाट सुरू भएको थियो।