पाकिस्तानका पूर्वप्रधानमन्त्री खानको जेल निलम्बन

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानको जेल निलम्बन

पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई सुनाइएको तीन वर्षको जेल सजाय निलम्बन गरेको छ ।

इस्लामाबाद उच्च अदालतले पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीका अध्यक्षसमेत रहेका खानलाई यसअघि सुनाइएको तीन वर्षको जेल सजाय निलम्बन गर्न आदेश दिएको हो । प्रधानमन्त्री हुँदा नेता खानले राष्ट्रलाई प्राप्त उपहार बेचेको लगायत मुद्दामा दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाएको थियो । त्यो निर्णयले उहाँलाई पाँच वर्षका लागि आम निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था गरेको थियो । 

मुख्य न्यायाधीश आमिर फारुक र न्यायाधीश तारिक महमूद जहाँ–गिरीको इजलासले इस्लामाबादको ट्रायल कोर्टको निर्णय उल्ट्याएको हो । साथै उच्च अदालतले खानलाई रिहा गर्न पनि आदेश दिएको अदालतको आदेश दिए पनि खान आज नै रिहा हुने सम्भावना कम रहेको बताइएको छ ।

७० वर्षीय खानलाई अर्को मुद्दामा पुनः जेल पठाउने प्रपञ्च हुनसक्ने आशङ्का उहाँका वकिलहरूले गरेका छन् । विपक्षी दलका धेरैले नेताले खानको पक्षमा फैसला नआउने विश्वास गरेका थिए ।