सत्तापक्षको ससंदीय दलको बैठकका कारण सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित

सत्तापक्षको ससंदीय दलको बैठकका कारण सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित

धनगढी : सुदूर पश्चिम प्रदेश सभाको बुधबारको बैठक स्थगित भएको छ । प्रदेशको सत्तापक्ष नेकपाको संस्दीय दलको बैठकका कारण प्रदेशसभाको बैठक स्थगित भएको हो । 

बुधबार बिहान आठ बजेबाट नेकपा संसदीय दलको बैठक चलिरहेको थियो । प्रदेश सभाको बैठक शुरु हुने समय दिउँसो २ बजे सम्म सक्ने लक्ष्य सहित शुरु भएको नेकपा संदीय दलको बैठक लम्बिदा प्रदेश सभा बैठकका लागि सभामा उपस्थित भएका प्रतिपक्षी दलका सांसदहरु सभा छोडेर हिडेपछि बुधबारका लागि तोकिएके बैठक स्थगित भएको हो ।

सत्तापक्षको आग्रह अनुसार दिउँसो २ बजेका लागि तोकिएको बैठक एक घण्टा समय सारेर तीन बजेका लागि तोकिएको थियो । ३ बजे सभाहलमा प्रवेश गरेका प्रतिपक्षी सासंदहरु साढे तीन बजे सम्म पनि सत्तापक्षका सासंदहरु सभामा नआएपछि आधा घण्टासम्म बैठक सञ्चालन नभएपछि नियम अनुसार स्थगित भएको मानिने भन्दै सभा परिसर छोडेर हिडेका थिए ।

प्रतिपक्षी सांसदहरु फर्किदा सम्म प्रदेश सभा सचिवालयका तर्फबाट सभा बैठक स्थगित भएको सूचना जारी भएको थिएन । बैठक छोडेर बाहिरै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले सरकारले पूर्व बजेट जस्तो महत्वपूर्ण छलफल चलिरहेका बेला प्रदेश सभाको बैठकमा समयमा उपस्थिति नजनाएर सभा र सासंदहरुको अपमान गरेको बताउनुभयो ।

उहाले भन्नुभयो–“पूर्व बजेट छलफलमा राम्रा कुरा आइसकेपछि  यसलाई समावेश गरेर बजेटलाई अझ परिस्कृत गरेर ल्याउने कुरा हुन्छ त्यसकारण यति महत्वपूर्ण कुरामा सरकारको ध्यान गएन ।” 

सभा बैठक लम्बिुनको कारण आफुहरुलाई जनाकारी नभएकोले नियम अनुसार आधा घण्टा सम्म बैठक बस्न सकेन भने स्वतः स्थगित भएको मानिने भएका कारण आफुहरुले बैठक छोडेको खड्काले बताउनुभयो ।

खड्काले सरकार प्रदेशसभा प्रति उदासिन रहेको बताउँदै सरकारमा दुई तिहाईको दम्भ रहेको बताउनुभयो । उहाँले सरकारको यस्तो कदम प्रति प्रमुख प्रतिपक्षी दले खेद ब्यक्त गरेको बताउनुभयो । 

सरकारको आन्तरिक तयारीका लागि एक दुई घण्टा सार्न पाउने अधिकार सरकारसित रहने भएका कारण बैठक सारिएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहले बताउनुभयो । एक घण्टा सारेर तीन बजेका लागि तोकिएको समयमा समेत सत्तापक्ष उपस्थित नभएपछि प्रतिपक्षी सासंदहरु उठेर हिँडेको बिषयमा आफुले छलफल गर्ने मन्त्री शाहले बताउनुभयो । 

प्रदेश सभा सञ्चालनका लागि सरकारको प्रतिनिधित्व जस्तै प्रतिपक्षको प्रतिनिधित्व पनि अनिवार्य मानिन्छ । बुधबारका बैठक राजपा सासंद कृष्ण बहादुर चौधरीले पनि छोड्नुभएको थियो । प्रतिपक्षी सांसदहरु फर्केर आउने आशामा रहनुभएका सभामुख अर्जुन बहादुर थापाले प्रतिपक्षी सांसद फर्केर आउने संकेत नपाएपछि पौने चार बजे बैठक स्थगित गरेको सूचना जारी गर्नुभयो । 

प्रदेश सभाको बुधबारको बैठकका लागि तेस्रो अबिधेशनमा पेश भएको स्वरोजगार कोष सम्बन्धी ब्यवस्था गर्न बनेको विधेयक माथि संसदीय समितिको प्रतिवेदन पेश हुने र आर्थिक मामिला तथा योजना मन्त्रीबाट प्रस्तुत भएको पूर्व बजेट दस्तावेज माथि बाँकी छलफल हुने कार्यसूची तय गरिएको थियो ।