महेन्द्रनगरमा शुक्रवार साँझ ८ बजेदेखि अनिश्चितकालिन कर्फ्यु

महेन्द्रनगरमा शुक्रवार साँझ ८ बजेदेखि अनिश्चितकालिन कर्फ्यु

धनगढी : कञ्चनपुरमा पुनः कर्फ्यु आदेश जारी भएको छ । प्रहरीको गोली लागेर एक बालकको मृत्यु भएपछि जिल्ला सुरक्षा समितिको बैठकले महेन्द्रनगर आसपास शुक्रबार बेलुका ८ बजेबाट अर्काे सूचना जारी नभएसम्मका अनिश्चितकालिन लागि कर्फ्यु आदेश  जारी गरेको हो ।

१३ वर्षिय बालिका निर्मला पन्त प्रकरणमा विहिवार गोली लागेर ८ जना घाईते भएपछि शुक्रवार विहान ५ बजेसम्म लगाईएको कर्फ्यु स्थिति सामान्य बन्दैगएपछि हटाईएको थियो । 

शुक्रवार साझ एक्कासी आन्दोलनले उग्र रुपलिएपछि पुनः कर्फ्यु आदेश जारी गरिएको प्रहरी स्रोतले जनाएको छ । बालकको मृत्युपछि पनि प्रदर्शनकारीले प्रदर्शन जारी राखेका छन । प्रशासनले भीमदत्त नगरपालिकाको चार किल्ला तोकेर कफ्ूर्य लगाएको छ । 

पूर्वमा भीमदत्त नगरपालिका–१८ जनज्योति चोक भाँसीदेखि कारागारको पछाडीको नहर हुँदै मदन भण्डरी स्मृति प्रावि पछाडीको नहर चोकसम्म, पश्चिममा भीमदत्त नगरपाकिा–६ त्रिपुरा युवा क्लब वनगाउँको कार्यालयदेखि भीनपा–४ लिङ्गलासैनी उच्च मावि पछाडिको नहरसम्म कफुर्य लगाईएको छ ।

यस्तै, उत्तरमा जनज्योति चोक भाँसीदेखि उत्तर नहर हुँदै खैरेनी चोक नहर हुँदै त्रिपुरा युवा क्लबको कार्यालयसम्म र दक्षिणमा भीमदत्त नगरपालिका–१८ मदन भण्डारी स्मृति प्रावि पछाडिको नहर चोकदेखि सीप विकास केन्द्र अगाडीको नहर हुँदै निङ्गलासैनी उच्च मावि पछाडिको नहरसम्म कफुर्य लगाईएको बताईएको छ ।