ट्विटरमा अब भिडियो कल गर्न मिल्ने

ट्विटरमा अब भिडियो कल गर्न मिल्ने

काठमाडौँ । सोसल मिडिया प्ल्याटफर्म एक्स (ट्विटर)मा अब चाँडै अडियो तथा भिडियो कल गर्न सकिने सुविधा थप हुने भएको छ। ट्विटरमा मालिक एलन मस्कले यो जानकारी दिएका हुन्।

नयाँ फिचर एन्ड्रोइड, आईओएस, पीसी र म्याक सबैमा उपलब्ध  हुनेछ। यसका लागि कुनै फोन नम्बर पनि आवश्यक पर्नेछैन।  

यो फिचर अहिले ह्वाट्सएप, फेसबुक म्यासेन्जर र इन्स्टाग्राममा उपलब्ध छ। ट्विटरमा अडियो-भिडियो कल सुविधा कहिलेदेखि उपलब्ध हुन्छ भन्नेबारे मस्कले केही जानकारी दिएका छैनन्।