सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

काठमाण्डौ । सुनको भाउ आज बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेर एक लाख १२ हजार तीन सय रुपैयाँमा पुगेको छ ।

यस्तै, चाँदी भने तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी आज तोलामा एक हजार चार सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ ।