निर्मला प्रकरणबारे प्रदेश सरकारले भन्यो : अहिले प्रदेश अशान्त छ, सव ठिक हुन्छ

निर्मला प्रकरणबारे प्रदेश सरकारले भन्यो : अहिले प्रदेश अशान्त छ, सव ठिक हुन्छ

धनगढी : प्रदेश ७ को सरकारले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई कारवाहीको माग गर्दे प्रदर्शन भईरहेका बेला सन्नी खुनाको मृत्यु भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

शनिवार दिउँसो मन्त्रालयमै पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले कञ्चनपुर घटनाबारे सरकार गम्भीर रहको बताए । 

‘केहीदिनदेखि निर्मला पन्तको घटनाले प्रदेश नै अशान्त छ ।’ शाहले भने, ‘समस्या समाधानका लागि केन्द्र सरकारसग समन्वय भईरहेको छ । चाडै सवै कुरा ठिक हुन्छ ।’

उनले घटनामा मृत्यु भएका बालकका परिवारलाई प्रदेश सरकारल उचित क्षतिपूर्ति दिने र घाईतेको उपचा खर्च वेहोर्ने जानकारी दिए । 

दोषीलाई कारवाही र पिडितलाई न्याय दिने कुरामा सरकार दृढ रहेको भन्दै उनले घटनाको अनुसन्धानमा सहयोग गर्न समेत आग्रह गरेका छन । 

कञ्चनपुर घटनाबारे शनिवार विहान आकस्मिक रुपमा मन्त्री परिषद बैठक पनि बसेको थियो । उक्त मन्त्री परिषद बैठकमा प्रदेशका सुरक्षा निकायका प्रमुख समेत सहभगिता रहेको बताईएको छ । 

सो क्रममा कञ्चनपुर घटनाबारे गम्भीर छलफल भएको र नयाँ किसिमले घटनाको अनुसन्धान गर्न सुरक्षा अधिकारीलाई निर्देशन समेत दिईएको बताईएको छ ।