मोरक्कोमा भूकम्प जाँदा २९६ जनाको मृत्यु

मोरक्कोमा भूकम्प जाँदा २९६ जनाको मृत्यु

काठमाडौं । मोरक्कोेमा शुक्रबार राति ११ बजेर ११ मिनेटमा गएको भूकम्पमा मृत्यु हुनेको संख्या २९६ पुगेको छ ।

मोरक्कोमा शक्तिशाली ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो । १८.५ किलोमिटरको गहिराइ केन्द्रबिन्दु पारेर गएको भूकम्प सुुरुमा ३१.११ डिग्रि उत्तर अक्षांश र ८.४४ डिग्रि पश्चिम देशान्तरमा र माराकेसको लगभग ७० किलोमिटर दक्षिणपश्चिम केन्द्रबिन्दु पारेर गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

भूकम्पपछि उत्तरी मोरक्कोको फेस सहरका बासिन्दाहरु सम्भावित पराकम्पहरुको चिन्तामा छन् । कतिपय मानिस घर छोडेर सडकमा निस्किएका छन् ।

रबात र कासाब्लान्का लगायत मोरक्कोका धेरै सहरहरुमा भूक्म्पको धक्का महसुश गरिएको थियो । तरौडान्ट र माराकेस सहरहरुमा भूकम्पका कारण धेरै घरहरु भत्किएका छन् ।