शिवशिखर सहकारी ‘समस्याग्रस्त’

शिवशिखर सहकारी ‘समस्याग्रस्त’

धनगढी । सरकारले ढिलो गरी शिवशिखर बहुउद्देश्यीयसहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मंगलबार भक्तपुरमा मुख्य कार्यालय रही देशभर शाखा विस्तार गरेको शिवशिखर बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो ।

सहकारीलाई समस्याग्रस्त घोषणा गरी संस्थाहरुको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न सोही ऐनको दफा १०५ बमोजिम गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको मन्त्रालयले जनाएको छ ।

बचतकर्ताको अर्वौं रुपैयाँ हिनामिना गरी बन्द रहेको सो सहकारीका प्रमुख सञ्चालक थुनामा छन् । सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा १ को खण्ड ‘क’ देखि ‘च’ सम्मको अवस्था विद्यमान रहेको देखिएकाले सहकारी विभागका रजिष्ट्रारको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा २ बमोजिम दुवै सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको हो ।