सुनको भाउ ६ सय रुपैयाँले बढ्यो

सुनको भाउ ६ सय रुपैयाँले बढ्यो

काठमाण्डौ । सुन चाँदीको भाउ आज बढेको  छ  । सुनको भाउ तोलामा ६ सय रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख ११ हजार ८ सय रुपैयाँ छ ।

यस्तै, चाँदी तोलाको एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।