टर्कीमा कोभिड १९ इजी भेरियन्टका ९ वटा नयाँ केस फेला

टर्कीमा कोभिड १९ इजी भेरियन्टका ९ वटा नयाँ केस फेला

एजेन्सी। टर्कीमा कोभिड १९ इजी भेरियन्टका ९ वटा नयाँ केस फेला परेका छन् ।

शुक्रवार परीक्षणका क्रममा ९ वटा नयाँ केस फेला परेका हुन् । संक्रमितहरुलाई उपचार गरिरहेको बताइएको छ ।

कोभिड १९ को ५ स्ट्रेन स्वास्थ्यका लागि खतराजनक भने नरहेको टर्कीका स्वास्थ्यमन्त्री फहरेटिन कोकाले बताए। उनले यो कोरोना भेरियन्टको नयाँ प्रजाति मात्रै भएको र डराउनुपर्ने अवस्था नरहेको बताए ।