सुन चाँदीको भाउ आज पनि बढ्यो

सुन चाँदीको भाउ आज पनि बढ्यो

काठमाण्डौ । हप्ताको पहिलो दिन आज पनि सुन चाँदीको भाउ बढेको छ। सुनको भाउ तोलामा आज ५ सय रुपैयाँले बढेर १ लाख १२ हजार ३ सय रुपैयाँमा पुगेको छ ।

अस्ति शुक्रवार सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको थियो । यस्तै, चाँदी आजको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ४ सय रुपैयाँमा पुगेको छ ।

यो अस्तिको भाउभन्दा तोलामा ५ रुपैयाँले धेरै हो ।