कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

धनगढी । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका-९ शंकरपुर स्थित सोही ठाँउ बस्ने कृष्ण तिवारीले सञ्चालन गरेको तिवारी मेटल उद्योगमा फलामको काम गर्ने गौरीगंगा-७ मनकापुरका ३५ वर्षीय गणेश चौधरीको मृत्यु भएको हो।

सोमवार साँझ सटर बन्द गर्ने क्रममा अचानक करेन्ट लागेर गम्भिर घाईते भएका चौधरीको उपचारका क्रममा माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले बताएको छ। प्रहरीले  यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।