रोकिएका विदेशी पर्यटकहरू रामारोशन पर्यटन क्षेत्रमा जादैँ

रोकिएका विदेशी पर्यटकहरू रामारोशन पर्यटन क्षेत्रमा जादैँ

धनगढी। अछाम रामारोशन पर्यटन क्षेत्रमा रोकिएका विदेशी पर्यटकहरू रामारोशन पर्यटन क्षेत्रमा जाने भएका छन् । अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन गर्ने भन्दै भाद्र २७ गते चौखुट्टे पुगेका विदेशी पर्यटकहरूलाई प्रशासनले रोकेर राखेको थियो । २६ देशका २ सय ४ जना पर्यटकहरू चौखुट्टेमै क्याम्प बनाएर बसेका थिए ।

७ दिनदेखि अछाम र डोटीको सीमानामा रोकिएका विदेशी पर्यटकहरू गन्तव्य स्थल तर्फ जान थालेका हुन्।

पर्यटन क्षेत्रमा सम्मेलनको आयोजनाबारे आफूहरूलाई कुनै जानकारी नभएको र पर्यटनसँग सम्बन्धित कुनै पनि निकायको अनुमति नभएकोले विदेशी पर्यटकहरूलाई बाटोमा रोकिएको थियो ।

‘जिल्ला प्रशासन कार्यालय अछामका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले भने- ‘यति धेरै संख्यामा विदेशी पर्यटकहरू आएका तर अनुमति नभएकोले हामीले रोकेका थियौँ’, केन्द्रबाट उनीहरूको राहदानी र अन्य कागजातहरू पुगेको भए रामारोशन जान दिनु भन्ने केन्द्रको निर्देशन आएपछि हामीले आवश्यक चेकजाँच गरी जान दिएका छौँ ।’

गाउँपालिका र समितिले आफूहरू उक्त सम्मेलन आयोजना गर्ने भन्दै संघ र प्रदेश सरकारसँग अनुमति माग गरेपछि उनीहरूलाई जान दिने कुरा उनले बताए । उनले पर्यटकहरूको चाल चलन र आवश्यक कागजातहरू हेरेर मात्रै जान दिने बताए ।

रेन्बो ग्यादरिङ्ग नामक संस्थाको सूचनाका आधारमा उनीहरू त्यहाँ पुगेका थिए । आफूहरूको उद्देश्य पर्यटकीय प्रचार र वातावरणीय संरक्षण रहेको पर्यटकहरूको भनाई छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयलाई रामारोशन गाउँपालिकाले पत्र पठाएको छ । केही दिन अघि विभिन्न देशका २ हजारभन्दा बढी पर्यटक रामारोशन घुम्न आएको र उनीहरुलाईरोकिएको विषयमा रामारोशन गाउँपालिले नागरिक उड्यन मन्त्रालयलाई पत्र पठाएको थियो ।