कैलालीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु

धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको गोदावरी नगरपालिका–१ मनिसा पेट्रोल पम्प नजिक आज से २ प ९८८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।। दुर्घटनामा परेर चालक डडेल्धुरको आलिताल गाउँपालिका–७ का २२ वर्षीय नविनबहादुर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ । नविनको उपचारकोक्रममा पदमा अस्पतालमा मृत्यु भएको हो। 

मोटरसाइकलमा सवार धनगढी उपमहानगरपालिका–५ का विजय जोशी घाइते भएका छन् । घाइते जोशीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।