एक सय भन्दा माथिका भारतीय नोटको कारोबारमा प्रतिबन्ध

एक सय भन्दा माथिका भारतीय नोटको कारोबारमा प्रतिबन्ध

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा भारतीय रुपैयाँ एक सय भन्दा ठूला नोटको कारोबारमा प्रतिबन्ध लगाएको छ ।

राष्ट्र बैंकले वित्तीय चेतनाका लागि भन्दै मंगलबार जारी गरेको सूचनामा भारतीय रुपैयाँ एक सय दरभन्दा ठूला नोट साथमा राख्न, ओसरपसार गर्न र कारोबार गर्न प्रतिबिन्धत लगाइएको उल्लेख छ ।

यस्तै, भारतबाट नेपाल आउने वा नेपालबाट भारत जाँदा अमेरिकी डलर ५ हजार बराबरको भारतीय रुपैयाँ मात्रै लैजान सकिने पनि राष्ट्रबैंकले जनाएको छ । त्यसरी लैजाने वा ल्याउने नोट पनि सय भन्दा ठूला नोट हुन नहुने व्यवस्था गरिएको छ ।

पाँच हजार डलर भन्दा बढीको भारतीय रुपैयाँ ल्याउन लैजान परेमा भन्सारमा घोषणा गर्नुपर्ने छ । भारत भ्रमण जानेहरुका लागि बैंक तथा वित्तिय संस्थाबाटै भारतीय रुपैयाँ २५ हजारसम्म र औषधोपचारका लागि भारतीय रुपैयाँ ५० हजारसम्मको सटही सुविधा लिन सकिने पनि राष्ट्रबैंकले जनाएको छ ।