एनएमबि बुद्ध भिसा डेबिट कार्ड प्रवर्द्धन कार्यक्रम

एनएमबि बुद्ध भिसा डेबिट कार्ड प्रवर्द्धन कार्यक्रम

धनगढी । एनएमबि बैंक लिमिटेड र बुद्ध एयरले एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक गरेको छ । सो कार्डले ग्राहकहरुको यात्रालाई अझै सहज बनाउने विश्वास एनएमबि बैंक र बुद्ध एयरले लिएको छ । एनएमबि बैंकले यस एनएमवि बुद्ध भिसा डेबिट काडको बारेमा जानकारी गराउन आज मिति २०८०साल असोज ९ गत्ते होटल डिभोटि धनगढीमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

उक्त कार्यक्रम एनएमबि बैकका सुदूरपश्चिम तथा कर्णाली प्रदेश प्रमुख, श्याम अधिकारी, एनएमबि बैंकका रिटेल बैंकीङ प्रबन्धक स्मीती भण्डारीको उपस्थितिमा सम्पन्न भएको छ। यसका साथै कार्यक्रममा धनगढी उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर, बुद्ध एयर धनगढी स्टेसन म्यानेजर बुद्ध राम चौधरी सहित अन्य ग्राहक तथा कर्मचारीको उपस्थितिमा भएको सम्पन्न भएको छ ।

को९ब्रान्डेड डेबिट कार्डका ग्राहकहरुले नेपालभरिका सम्पूर्ण बुद्ध एयरका काउनटरहरुबाट हवाई टिकट खरिद गर्दा हवाई भाडामा १०५ छुट पाउनेछन् । यसको साथै ग्राहकहरुले आन्तरिक टर्मिनलबाट यात्रा गर्दा थप ५ किलो सामान निःशुल्क लान सक्नेछन् ।

एनएमबि बुद्ध भिसा डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूलाई शत प्रतिशत भाडा ९१०० प्रतिशत क्यास ब्याक० फिर्ता गर्नु यस कार्डको मुख्य विशेषता हो र नेपालको जुनसुकै कुनामा रहेका एटिएमबाट निःशुल्क नगद झिक्ने सुविधा समेत यस कार्डका प्रयोगकर्ताहरूलाई प्रदान गरिएको छ ।

एनएमबि बैंकले हाल देश भरी २०१ शाखाहरू, १४६ एटिएमहरू र १२ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।