हार्डवेयर एक्सपो आजदेखि सुरु (फोटो फिचर)

हार्डवेयर एक्सपो आजदेखि सुरु (फोटो फिचर)

धनगढी । व्यापार व्यवसाय प्रवर्द्धन गरी प्रयोगकर्तालाई गुणस्तरीय निर्माण सामाग्री छनौट गर्न सचेतना प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको हार्डवेयर एक्सपो आजदेखि सुरु भएको छ । उत्पादक–व्यापारी–प्रयोगकर्ताबिच त्रिपक्षीय अन्तरक्रियाको माध्यमबाट हार्डवेयर एक्स्पोले व्यवसाय प्रवर्द्धन गर्ने बताइएको छ । 

एक्स्पो अवलोकन गर्न आउने आमनागरिकलाई निर्माण सामग्रीबारे विज्ञमार्फत जानकारी दिइने आयोजक कैलाली हार्डवेयर व्यवसायी संघले जनाएको छ । संघका अध्यक्ष कुबेर शाहीले एक्स्पोमा निर्माण तथा हार्डवेयर सामग्रीसँग सम्बन्धित करिब ५५ वटा स्टल निर्माण गरिएको बताए ।

हार्डवेयर तथा निर्माण सामग्री उत्पादक कम्पनीहरुले स्टलहरु बुकिङ गरी स्टलमा निर्माण सामाग्री र सोको विषयमा जानकारीहरु राखिसकेका छन् । अवलोकनकर्ताले निर्माण तथा हार्डवेयरसँग सम्बन्धित सम्पूर्ण सामग्री एउटै छानामुनि अवलोकन गरेर ती सामग्रीबारे जानकारी लिन पाउने संघले जनाएको छ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

फोटोहरु: शेरबहादर ऐर/धनगढी खबर