बैतडीमा करेन्ट लागेर घाइते भएकी कलावतीको मृत्यु

बैतडीमा करेन्ट लागेर घाइते  भएकी कलावतीको मृत्यु

बैतडी । बैतडीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको डिलाशैनी गाउँपालिका–६ बांगाबगरकी ४३ बर्षीया कलावती नाथको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको हो। घाँस काट्ने क्रममा विद्युतको हाइटेन्सन लाइनको पोलमा छोइएर नाथलाई करेन्ट लागेर घाइते भएकी थिइन् ।

भदौ १८ गते करेन्ट लागेर गम्भीर घाइती भएकी कलावतीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर नेपालगञ्ज लगिएको थियो।

त्यहाँ उनको उपचार सम्भव नभएपछि थप उपचारका लागि किर्तिपुर लगिएको थियो। उनको उपचारकै क्रममा बुधबार मृत्यु भएको हो।